रसियामा नेपाली नाटक प्रदर्शन



रसियाको नोभोसिबिर्स्क शहरमा भैरहेको ‘झवान, टु, थ्री थिएटर फेस्टिभल’ मा नेपालको प्रतिनिधित्व गर्दै कान्तिपुर फिल्म एकेमेडीले नाटक प्रदर्शन गरेको छ ।

फेस्टिभलको नियम अनुसार, तीन जना कलाकारले मात्रै प्रदर्शन गर्न पाउने उक्त फेस्टिभलमा सहभागी हुन नेपालबाट कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरी, एकेडेमीक डाइरेक्टर नरेश कुमार केसी र अभिनय बिधाका बिद्यार्थीहरु मोहन जैशी र संजोग रसाइली रसिया गएका थिए ।

रसियाको सबै स्टेट र देशहरु गरेर ४६ ओटा नाटक मञ्चन भएको उक्त फेस्टिभलमा नेपालले १२ फेब्रुअरी दिउँसो ३ बजे, नोभोसिबिर्स्कस्थित रेड हाउस थिएटरमा रोनिश राउत निर्देशित २३ मिनेट लामो नाटक ‘पिस’ देखाएको छ ।

नेपालको द्वन्द्व कालको बिषय माथी निर्माण गरिएको उक्त नाटकमा संजोग रसाइली माओवादी र मोहन जैशीले आर्मीको भुमिका निर्वाहा गरेका थिए ।

नाटकपछि नेपालको सिनेमा, आर्ट र थिएटरको बिषयमा अन्तरक्रिया राखिएको थियो । नाटक प्रदर्शनी र अन्तरक्रिया सँगै नेपाली टोलिलेले त्यहाँस्थित थिएटर ईन्स्टिच्युट, युनिभर्सिटी, ओपेरा हाउस, टेलिभिजन र आर्ट हाउसहरुको औपचारिक भ्रमण गरेका थिए ।

फेस्टिभलको आयोजक नोभोसिबिर्स्क स्टेट थिएटर ईन्स्टिच्युट र अन द लेफ्ट बेन्क थिएटर ईन्स्टिच्युटका प्रतिनिधीहरु गत जेष्ठमा नेपाल आएर कान्तिपुर फिल्म एकेडेमीसँग नेपाल र रसियाबिच स्कलर एक्सचेञ्ज र कल्चरल एक्सचेञ्जको लागि सहकार्य गर्ने सम्झौता गरेका थिए ।

यो भ्रमण र सहभागिताले दुई देशको थिएटर, एजुकेसन, कल्चर र रिलेसन बिस्तारमा महत्त्वपूर्ण भुमिका खेलेको सिईओ प्रकाश पुरीले बताए । प्रदर्शन सकेर नेपाली टोलि शनिवार नेपाल फर्किदैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu