‘सपनीमा आउनेलाई’ सम्हालेर राख्दै प्रियंका (भिडियो)



नायिका प्रियंका कार्की अभिनित नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘सपनीमा आउनेलाई’ बोलको गीतमा प्रियंका कार्की ६० जना कोरसको बीचमा देखिएकी छिन् ।

मेलिना राईको स्वर रहेको गीतमा दिपेन्द्रनाथ शर्माको शब्द र बसन्त सापकोटाको संगीत छ ।

महाराज थापाको एरेन्जमा तयार भएको गीतको भिडियो अत्यन्त उत्कृष्ट बनेको छ । भिडियोलाई सुदिप बराले खिचेका हुन् भने अर्जुन जिसीको सम्पादन छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा गोकर्ण रिसोर्टका सुन्दर दृष्य समावेश गरिएको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu