लण्डनमा हुने ‘टप मोडल वर्ल्डवाईड २०१८’ प्रतियोगितामा नेपालका निशान सहभागि हुँदै



काठमाण्डौ। ‘म्यानहन्ट नेपाल २०१६’का मिस्टर पर्सनालिटी तथा ‘टप मोडल नेपाल २०१८’ विजेता निशान चौहान लण्डनमा हुने ‘टप मोडल वर्ल्डवाईड २०१८’मा सहभागी हुने भएका छन् । सोमवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै निशानले आफ्नो उक्त सहभागिताबारे जानकारी दिएका छन् ।

उक्त प्रतियोगिता आगामी एप्रिल ३ मा सम्पन्न हुनेछ । संसारभरका मोडलहरु सहभागी हुने उक्त प्रतियोगीतामा निशान सहित ४० बढिको सहभागिता रहने बताईएको छ । एक नेपालीले लण्डनमा पुगेर संसारभरका मोडलहरुसँग आफुले प्रतिष्पर्धा गर्न पाउँदा निकै गर्व लागेको पत्रकार सम्मेलनमा निशानले बताए । ‘म नेपाली भएर लण्डनमा पुगेर संसारभरका मोडलसँग प्रतिष्पर्धा गर्न पाउँदा निकै खुशी र गर्व लागेको छ’ निशानले भने, ‘नेपालीले विश्वभरका प्रतियोगीसँग प्रतिष्पर्धा गर्न लाग्दा सबैको साथ र सहयोग भएको खण्डमा सहज हुनेछ’ । पत्रकार सम्मेलनमा निशानले ‘टप मोडल वर्ल्डवाईड २०१८’को उपाधी नेपाल ल्याउन आफुले शतप्रतिशत मेहनत गर्ने बताए ।

उक्त कार्यक्रममा ‘टप मोडल वर्ल्डवाईड’की नेपाल र भारतकी निर्देशक रजनी सुब्बा, म्यानहन्ट नेपालका सिईओ अनुप सक्सेना, कलर्स मोबाइलकी असिस्टेन्ट मार्केटिङ्ग म्यानेजर निरु धौगोडा, डाबर नेपालकी मिडिया म्यानेजर गीता खड्का श्रेष्ठ लगायतको उपस्थिती थियो । कार्यक्रममा बोल्दै ‘टप मोडल वर्ल्डवाईड’की नेपाल र भारतकी निर्देशक सुब्बाले उक्त प्रतिष्पर्धामा पहिलोपटक नेपालको प्रतिनिधित्व गर्न लागेकोमा बधाई ज्ञापन गरिन् । म्यानहन्ट नेपालका सिईओ सक्सेनाले ‘म्यानहन्ट नेपाल २०१६’का मिस्टर पर्सनालिटी निशानलाई टप मोडलले बिश्वास गरेर प्रतियोगितामा सहभागि गराएकोमा ‘टप मोडल वर्ल्डवाईड’लाई धन्यवाद व्यक्त गरे ।

‘TOP MODEL’ यूकेमा रहेका क्यान्सर पीडित बालबालिकाको स्वास्थ्यउपचारमा सहयोग गर्दै आएको संस्था हो । ‘TOP MODEL WORLDWIDE 2018’का प्रतोयोगीलाई भोट गर्दा क्यान्सर पीडित बालबालिकाको स्वास्थ्य उपचारको लागी रकम संकलन हुने पारदर्शी व्यबस्था गरिएको छ । भोट नेपालबाट पनि गर्न सकिने व्यबस्था गरिएको बताईएको छ । उक्त प्रतियोगिता विजेताले नगद पुरस्कार तथा अन्य अवसरहरु प्राप्त गर्नेछन् । सन् २००८ मा स्थापना भएको यो संस्थाले हालसम्ममा £140,000 बराबरको रकम क्यान्सर पीडित बालबालिकाको लागी खर्च गरिसकेको छ ।

को हुन् निशान चौहान ?
सन् २०१६ बाट मोडलिङ्ग सुरु गरेका २९ बर्षिय बिरगञ्ज, पर्सा निवासी निशान हाल राजधानी काठमाण्डौमा नै रहेर आफ्नो मोडलिङ्ग करिअरलाई अगाडी बढाईरहेका छन् । उनि ‘टप मोडेल नेपाल २०१८’का विजेता हुन् भने ‘म्यानहन्ट इन्टरनेशनल नेपाल २०१६’का मिस्टर पर्सनालिटी हुन् । निशानले नेपाली चलचित्र ‘पर्व’मा समेत अभिनय गरेका छन् । उनले कलर्स मोबाईल, डाबर नेपाल, एसआर स्टील तथा यूएसएड नेपालको परिवार योजनाको विज्ञापन लगायत अन्य थुप्रै टेलिभिजन विज्ञापनमा समेत अभिनय गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu