यस्तो बन्यो शिवको ‘जय नेपाल’ (भिडियो)



गायक शिव लामिछानेको गीत ‘जय नेपाल’ सार्वजनिक भएको छ । ‘जचाहे माया गर’, ‘जकिन दुख्छ मुटु मेरो’ लगायतका गीत मार्फत चर्चामा आएका गायक लामिछानेलाई शिवाजको नामले सांगीतिक दुनियाँमा चिन्ने गरिन्छ ।

उनले यस गीतलाई आफू अध्यक्ष रहेको कृपा फाउन्डेसनको पहिलो वार्षिकोत्सवमा सार्वजनिक गरेका थिए । युट्युब मार्फत सार्वजनिक यस गीतमा हर्कुलस बस्नेतको शब्द र संगीत रहेको छ ।

गीतमा हिमाली मनोरम दृश्यलाई देख्न सकिन्छ भने यसमा शिव आफैं फिचरिङ छन् । गीतमा विभिन्न भाषाभाषी र उनीहरुको संस्कृतिलाई देखाइएको छ ।

‘गीत मार्फत नेपालको सुन्दरता देखाउने प्रयास गरिएको छ’ शिव भन्छन्, ‘गीत मार्फत हामीले हिमाललाई संस्कृतिसंग जोड्ने प्रयास गरेका छौ ।’

गीतलाई नरेन लिम्बु र विनय कंसाकारले संयुक्त रुपमा छायाँकन गरेका हुन् । गीतमा बिनयकै सम्पादन र नरेनको निर्देशन रहेको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu