‘सनम’ नेपाल आउने



चर्चित भारतीय ब्याण्ड ‘सनम’ नेपाल आउने भएको छ । ‘सनम लाईभ इन नेपाल’ नामक कार्यक्रममा आफ्ना प्रस्तुतिहरु दिन ‘सनम’ ब्याण्ड यही फाल्गुन १९ गते (शनिबार ) नेपाल आउन लागेको हो ।

‘गुलाबी आखे’, ‘लगाजा गले’, ‘तुझ्से नाराज नही जिन्दगी’ जस्ता चर्चित बलिउड नम्बरहरुको कभर गीत गाएर चर्चामा आएको र युट्युबमा ३५ लाख भन्दा बढी सब्स्क्राइबर कमाईसकेको ‘सनम’ ब्याण्ड पहिले पटक नेपाल आउन लागेको हो ।

काठमाडौंको जाउलाखेल मैदानमा हुन लागेको सो कार्यक्रममा ‘सनम’ ब्याण्ड संगै नेपालका चर्चित र्‍यापर आशिष राना (लाउरे), गायक स्वप्न सुमन लागायतले पनि आफ्ना प्रस्तुतीहरु राख्ने आयोजक प्याराडोक्स सिटी इन्कले जनाएको छ ।

कार्यकम हेर्नका लागी दर्शकहरुको सुबिधालाई ध्यानमा राख्दै एक हजार पाँच सय, तिन हजार र पाँच हजार रुपैयाँको छुट्टा-छुट्टै टिकटको ब्यबस्था गरिएको प्याराडोक्स सिटी इन्कका फाउण्डर सुप्रिया श्रेष्ठले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu