प्रेसिकाको यादमा डुबे नवराज (भिडियो)



गायक नवराज राईको शब्द, संगीत र स्वरमा ‘तिमी नै’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । आफ्नो प्रेमिकाप्रति समर्पित एक प्रेमभाव यो गीतमा पोखिएको छ ।

यस गीतलाई प्रदिप श्रेष्ठले एरेञ्ज गरेका छन् । नेपाल र सिङ्गापुरमा छायांकन भएको म्युजिक भिडियोलाई पछिल्लो समय चर्चामा रहेका निर्देशक राकेश किरातीले निर्देशन गरेका छन् ।

नेपाल र सिङ्गापुरको मनोरम दृश्यहरु यस भिडियोमा देख्न सकिन्छ । यस भिडियोमा प्रेसिका निरौलालाई फिचरिङ छिन् । सार्वजनिक भिडियोको बारेमा बोल्दै निर्देशक राकेशले भने ‘– यो म्युजिक भिडियो एकदम राम्रो बनाउने कोशिस गरेको छु, र केहि नयापन पनि दिन खोजेको छु ।’

राकेशले निर्देशन गरेको भिडियोमा बुद्ध थापा मगरको सिनेमाटोग्राफी तथा सम्पादन रहेको छ । भिडियोमा मेकअप तरुण राईको रहेको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu