बुनुले ल्याइन् ‘झिमझिम परेलीमा’ (भिडियो)



पुरानी गायिका बुनु श्रेष्ठले सांगीतिक क्षेत्रमा पुनरागमन गरेकी छिन् । एक दशकअघि नै लोकप्रिय भएको आफ्नै गीतलाई गायिका श्रेष्ठले रि–रेकर्ड गरेर दर्शक तथा स्रँेतासमक्ष ल्याएकी हुन् ।

‘झिमझिम परेलीमा…’ शीर्षकको उक्त गीतलाई रि–एरेञ्ज गर्दै गायिका श्रेष्ठले यसलाई नयाँ स्वरुप प्रदान गरेकी हुन् । उक्त गीतको म्युजिक भिडियो हालै यूट्युबमार्फत सार्वजनिक भएको छ ।

गायिका श्रेष्ठले लामो समयपछि आफू दर्शक तथा स्रोतामाझ आउँदा समेत राम्रो स्वागत पाएको बताएकी छिन् । दिवंगत संगीतकर्मी स्व.सुनिल वर्देवाद्वारा संगीतबद्ध उक्त गीतका शब्दहरु गायिका श्रेष्ठले नै रचना गरेकी हुन् ।

गीत सुन्दा जति कर्णप्रिय छ, गीतको म्युजिक भिडियो पनि उत्तिकै आकर्षक बनेको छ । भिडियोमा मोडल तथा अभिनेत्री एलिशा राईले आकर्षक नृत्य प्रस्तुत गरेकी छिन् । एलिशालाई साथीहरुले नृत्यमा साथ दिएका छन् ।

प्रशान्त तामाङले कोरियोग्राफी गरेको यो भिडियोको छायांकन रामशरण उप्रेती र मदन घिमिरेले गरेका हुन् ।

नितिन चन्दको निर्देशनमा तयार भएको यो भिडियोलाई दिन्सोन शाले सम्पादन गरेका हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu