‘लुट’ फ्लेबरमा निकेशले बनाए ‘मुखौटा’ (भिडियो)



म्युजिक भिडियो निर्देशक निकेश खड्का पछिल्लो समयमा कथात्मक भिडियो निर्माणमा चिनिएका छन् । ‘बहुला’, ‘छोरी अन्माउँदा’ लगायतका भिडियोमा कथात्मक प्रस्तुति दिएका निकेश नयाँ भिडियो ‘मुखौटा’ मा पनि त्यो फ्लेबरलाई छोडेका छैनन् ।

निश्चल बस्नेतको चलचित्र ‘लुट’ बाट प्रभावित भएर बनाइएको भिडियोमा बैंक लुट्ने लुटेरको कथालाई प्रस्तुत गरिएको छ । बैंक लुटेर सहकर्मी साथीको हत्या गरेपछि लुटेको पैसा पैसा नक्कली हो भन्ने थाहा पाउँदा हुने परिणामलाई भिडियोमा देखाइएको छ ।

सनुप पौडेल र कल्याण सिंहको स्वर रहेको गीतमा मनिष बशिष्टको शब्द र कल्याण सिंहको संगीत छ । भिडियोमा विवेकसिंह ठकुरी, वृन्दा कठायत, गौरवजंग राणा, प्रशन्न, सुवास गुरुङको अभिनय छ । बुद्ध तामाङको छायांकन रहेको भिडियोमा विकास दाहालको सम्पादन छ ।

निर्देशक निकेश खड्काले भिडियोलाई चलचित्र ‘लुट’ को फ्लेबरमा निर्माण गरिएको बताए । ‘भिडियो बनाउन कलाकारहरुले निकै मेहनत गर्नुभएको छ । गीत अनुसार निकै राम्रो भिडियो बनाएका छौं ।’ उनले भने ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu