मदनले ल्याए ‘हेलिकप्टर’ (भिडियो)



गायक तथा संगीतकार मदन गोपाल पूर्वेली लोक भाका फ्लेबरको गीत ‘हेलिकप्टर’को भिडियो लिएर दर्शकमाझ आएका छन् ।

केशव अधिकारीको शब्द र संगीतमा बनेको यो डान्सिङ नम्बरको गीतमा पाकिस्तानी ईमाद रहमानले संगीत संयोजन तथा प्राविधिक काम गरेका छन् ।

गायक मदनका अनुसार उनले पाकिस्तानमा गरेका नै गीतको प्राविधिक काम गरेका हुन् । प्रशान्त तामाङले निर्देशन गरेको भिडियोमा गोपालले फिचरिङ गरेका छन् । भिडियोमा निरोज श्रेष्ठको छायांकन र राजेश शाहको सम्पादन छ ।

गायक मदनले इमादमार्फत नेपाल र पाकिस्तानसँगको सांस्कृतिक तथा सांगीतिक सम्बन्ध कायम गर्न पाउँदा आफू निकै हर्षित भएको बताए ।

मदनका अनुसार इमादकै संगीत तथा संगीत संयोजन रहने अर्को सोलो एल्बम ‘तिम्रो खबर’ नयाँ वर्षको अवसरमा सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu