श्रृष्टीलाई ज्यान दिन निराजन तयार (भिडियो)



निर्देशक निशान घिमिरेले निर्देशन गरेको एक रोमान्टिक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘तिमी विना’ बोलको गीतको भिडियोमा मोडलद्धय निराजन प्रधान र श्रृष्टी खड्कालाई फिचरिङ गरिएको छ ।

यो गीतको भिडियोमा दुबै मोडल रोमान्टिक अवतारमा देखिएका छन् । गायक नवराज थापाको आवाज तथा राजकुमार बगरको शब्द तथा संगीत रहेको यो गीतको भिडियोलाई निर्देशक निशानले रोमान्टिक र रंगिन बनाएका छन् ।

अर्जुन तिवारीले छायांकन गरेको भिडियोेको सम्पादन विकास ढकालले गरेका हुन् । गीतमा प्रेमिले प्रेमिका विनाको अधुरो पलको कुरा गरेका छन् । निर्देशकले पनि गीत अनुसार नै भिडियो तयार गरेका छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu