‘सिमसिमे पानीमा’ गायिकाको सिल्भर जुब्ली साँझ हुँदै



आफ्नो गायन करियरले २५ वर्ष पुरा गरेको अवसर पारेर गायिका रेखा शाह पहिलो पटक एकल गायन कार्यक्रममा प्रस्तुत हुने भएकी छिन् ।

यही फागुन २४ गते बिहिबार अन्तर्राष्ट्रिय नारी दिवसका दिन दरबारमार्गस्थित होटल याक एण्ड यतीमा आयोजना हुने एकल गायन कार्यक्रममा गायिका शाहले आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गर्दैछिन् ।

‘सिमसिमे पानीमा ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा…’ गीत लेखन-संगीत तथा गायनबाट आफ्नो सांगीतिक यात्रा प्रँरम्भ गरेकी गायिका रेखा शाह आफ्नो सांगीतिक करियरमै पहिलो पटक एकल गायन कार्यक्रममा प्रस्तुत हुन लागेकी हुन् ।

उनले स्थापना गरेको सामाजिक संस्था ‘रेखा शाह फाउन्डेसन’ले आयोजना गर्न लागेको उक्त कार्यक्रमको सम्पूर्ण तयारी पुरा भैसकेको फाउन्डेसनद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

‘तिमीलाई केही हुँदै नहोस्’, ‘एक दिन तिमी फर्कि आउनेछौ’, ‘नजिक छौ तिमी’, ‘तिमी बिना म एक्लै’, ‘पोखू“ भने’ लगायतका उनका गीत चर्चित छन् ।

बिहिबारको एकल गायन कार्यक्रममा गायिका शाहले आफ्नासहित अन्य अग्रज स्रष्टाका करिब डेढ दर्जन गीत प्रस्तुत गर्ने छिन् ।

कार्यक्रममा उनले शान्ति ठटाल, डेजी बराइली, अरुणा लामा, नारायण गोपाल, तारादेवी, सरोज गोपाललगायतका गायक–गायिकाका कालजयी गीत–गायनमा द लिजेन्ड व्यान्डले वाद्यवादनमा साथ दिनेछ भने युगल गायनमा सुरजकुमार थापाले साथ दिनेछन् ।

उनको फाउन्डेसनले सोही दिन राष्ट्र र समाजको उन्नयनमा योगदान दिँदै आइरहेका विभिन्न क्षेत्रका आधा दर्जन नारीहरुलाई नगद र ताम्रपत्रले सम्मानसमेत गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu