सारालाई देखेपछि रोशनको झिम्कियो आँखा (भिडियो)



चलचित्रका गीतहरुबाट लोकप्रियताको शिखर चुमिरहेका गायक, गीतकार तथा संगीतकार राजनराज शिवाकोटीको शब्द तथा संगीत निर्देश्ँनमा सुगम संगीतमा आधारित आधुनिक गीतको एउटा रोमान्टिक म्युजिक भिडियो सार्वजनिक भएको छ ।

पोखराका गायक रोशन गुरुङको स्वमा रेकर्ड भएको ‘यो आँखाको….’ शीर्षकको गीतको म्युजिक भिडियो बुढासुब्बा डिजिटलको युट्युब च्यालनबाट सार्वजनिक भएको हो ।

गीतका शब्दहरु शिवाकोटीसहित हरिहर आचार्यले पनि रचना गरेका हुन् । साहास शाक्यले उक्त गीतमा संगीत संयोजन गरेका छन् ।

निर्देश्ँक अर्जुन अधिकारीको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा गायक रोशन गुरुङ आफैंले अभिनय गरेका छन् । पोखरामा छायांकन गरिएको म्युजिक भिडियोमा सुन्दर अभिनेत्री सारा शिर्पालीले गायक गुरुङलाई अभिनयमा साथ दिएकी छिन् ।

निशान घिमिरेद्वारा सम्पादन गरिएको भिडियोलाई सरोज अधिकारीले छायांकन गरेका हुन् । दर्शन रानाभाटले निर्मँण संयोजन गरेको भिडियोमा साजन कोइरालाले ड्रोन सञ्चालन गरेका छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu