‘जय माया प्रेम’ सार्वजनिक (भिडियो)



राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै एल्बम ‘जय माया प्रेम’ सार्वजनिक गरिएको छ । अर्जुन रत्न भिकारीको एकल शब्द, चेतन सापकोटाको एकल संगीत र नारायण धितालको एकल स्वर रहेको एल्बम बजारमा आएको हो ।

वरिष्ठ कलाकार नीर शाह र नारायण र चेतनका गुरु चन्दन श्रेष्ठको उपस्थितिमा सार्वजनिक गरिएको एल्बममा चार गीत समावेश छन् ।

‘दाउरा उपहार’, ‘जरुवाको पानी सार्है मिठो’, ‘बिहे गरी लाने हो’ र ‘चिसो चिसो मन्द मन्दा बतास’ बोलको गीत समावेश यस एल्बमको सम्पूर्ण गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतको भिडियोमा निकेश खड्का, तेन्जु योन्जन र युबराज वाइवाको निर्देशन रहेको छ ।

गीतहरुमा प्रियंका कार्की, बेनिशा हमाल, सुष्मा अधिकारी, सोनु घर्तिसँगै अर्जुन, नारायण र चेतनले समेत अभिनय गरेका छन् । तीन गीतको छायाँकन हिमाली भेगको मनोरम दृश्यमा गरिएको छ, जसलाई सुदीप बरालले छायाँकन गरेका छन् ।

एक गीतको छायाँकन उत्तम हुमागाईले गरेका हुन् । गीतलाई क्रमस बजारमा ल्याइने जनाइएको छ । टीमले पहिलो कोसेली स्वरूप दाउरा उपहार बोलको गीत युट्युब मार्फत सार्वजनिक गरेको छ । गीतमा गीतकार अर्जुन रत्न र प्रियंका कार्कीको अभिनय रहेको छ । भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu