‘रिङ’ स्टुडियो सञ्चालनमा



चलचित्रको प्राविधिक कार्यका लागि ललितपुरको एकान्तकुनामा स्टुडियो ‘रिङ’ सञ्चालनमा आएको छ । यसलाई ‘बाजी’ र ‘मन परेपछि’ का निर्माता तथा संगीतकर्मी दिपक रमणले सञ्चालनमा ल्याएका हुन् ।

स्टुडियो ‘रिङ’ संचालनको लागि दिपकसँगै दिवाकर खड्का, लोक बहादुर शाक्य, गंगा खड्गी र राजकुमार महर्जनले सहकार्य गरेका छन् ।

स्टुडियोमा गीत संगीतका सबै कामदेखि फिल्मको डविङ र पोष्ट प्रोडक्शनको सबै काम हुने सञ्चालक दिपक रमणले बताएका छन् ।

स्टुडियो रिङलाई बरिष्ठ चलचित्रकर्मी तथा गीतकार चेतन कार्की र बरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उद्घाटनमा केही गीत रेकडिङ सहित स्टुडियो सञ्चालनमा ल्याईएको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu