कसरी फुट्यो नेपाल आइडलको टीम ? अब आउनेछ अर्को विश्वप्रख्यात शो ‘द भ्वाईस’ (भिडियो सहित)



काठमाण्डौ। गत बर्ष सर्वाधिक चर्चाको बिषय बनेको विश्व चर्चित सिंगिंग रियालिटी शो ‘आईडल’को फ्रेन्चाइज ‘नेपाल आईडल’को टीम फुटेको छ ।

गत बर्ष स्टेजमा देखिएका होस्ट शुसिल नेपाल अब नेपाल आइडलमा रहने छैनन् भने नेपाल आईडलका निर्देशक लक्ष्मण पौडेल पनि उक्त शो बाट बाहिरिएका छन् । ब्याकस्टेजमा रहेर निर्माताको भूमिका निभाएका गायक फिरोज तिमिल्सिना पनि अब नेपाल आइडलमा रहने छैनन् । गत बर्ष पहिलो सिजनको फाईनल कार्यक्रमपछि टीममा खटपट आएको बताईन्छ ।

नेपाल आईडलबाट फुटेको टीमले आइतबार राजधानीको एक पाँचतारे होटलमा कार्यक्रमको आयोजना गर्दै विश्वप्रख्यात सिंगिंग रियालिटीको शो ‘द भ्वाईस’को नेपाल फ्रेन्चाइज ‘द भ्वाईस अफ नेपाल’को औपचारिक घोषणा गरेको छ । श्रावणबाट प्रशारण हुने उक्त शो कुन टेलिभिजनमा प्रशारण हुन्छ त्यो भने खुलाईएको छैन । शोमा निर्णायकको रुपमा बरिष्ठ गायक दीप श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल र अबया सुब्बा रहेका छन् ।

‘द भ्वाईस अफ नेपाल’को विजेतालाई ‘भ्वाईस अफ नेशन’ घोषणा गरिने बताईएको छ । विजेताले रु. पच्चीस लाख, नयाँ कार, बीस लाख बराबरको भिडियो एल्बमको समझौता तथा वर्ल्ड टुरको अवसर प्राप्त गर्नेछन् ।

आयोजकको भनाई अनुसार इतिहासमा नै पहिलो पटक उक्त नेपाली शो अन्तराष्ट्रिय प्लाटफर्ममा समेत जानेछ । केहि शोहरु ‘द भ्वाईस ग्लोबल’ नामक भिडियो च्यानलमा प्रशारण हुनेछ जहाँ संसारभरका प्रतिभालाई अटाईएको छ ।

‘द भ्वाइस अफ नेपाल’को घोषणा कार्यक्रम जस्ताको तस्तै भिडियोमा हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu