एक करोड कटेपछि ‘माछीले खाने’ ले काट्यो केक



नायिका प्रियंका कार्की, ‘कार्टुन्ज क्रु’ का सरोज अधिकारी र आश्मा बिश्वकर्माको अभिनय रहेको गीत ‘माछीले खाने खोलीको लेउ’ ले करोड भ्यूजको केक काटेको छ ।

बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गरी गीतको टीमले करोड भ्यूजको केक काटेर सेलिब्रेसन गर्‍यो । १ महिना अघि युट्युबमा अपलोड गरिएको गीतको भिडियोलाई ६८ हजार लाईक र ३५ सय बढी कमेन्ट प्राप्त छ ।

सरोज ओली र मेलिना राईको स्वरमा रहेको गीतमा बसन्त सापकोटाको संगीत र दिनेश थपलियाको शब्द रचना छ । गीतमा उदयराज पौडेलको एरेन्ज र किशोर थापाको मिक्सिङ छ ।

कार्यक्रममा गायक सरोज ओलीले गीतबाट एक महिनामा ४ लाख रुपैयाँ कमाएको खुलाए । यस्तै, गीतका रचनाकार थपलियाले गीत लेख्दाको पल सम्झिए ।

केक काटेर मनाईएको एक करोड भ्यूजको कार्यक्रममा नयाँ गीतको समेत घोषणा गरिएको छ । गायक ओलीका अनुसार ‘पानी कुवाको’ बोलको गीत अबको केही सातामा नै सार्वजनिक हुनेछ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu