उपेन्द्र र सलोनीलाई ‘कान्तिपुर आइडल’ को उपाधि



‘कान्तिपुर आइडल’ को उपाधि उपेन्द्र सहयात्री राई र सलोनी मल्लले चुमेका छन् । सनराज इन्टर टेन्ट्मेन्ट प्रा. लि. को आयोजनामा भएको कान्तिपुर आइडल खुल्ला गायन तथा नृत्य प्रतियोगीता उनीहरुले उपाधि चुमेका हुन् ।

गायन तर्फ फर्स्ट रनरअप समिर खरेल र सेकेन्ड रनरअप अभिषेक पोख्रेल र नृत्य तर्फ फस्ट रनरअप आर्या सुबेदी र सेकेन्ड रनरअप गणेश श्रेष्ठ भएका छन् ।

चैत्र ६ गते नाचघरमा सम्पन्न भएको उक्त कार्यक्रममा गायन तर्फ निर्णायकमा राज सिग्देल र राजेन्द्र कमल राई रहेका थिए ।

सन्तोष शर्मा र राजन कार्की आयोजक रहेको यस कार्यक्रममा विजेतालाई विभिन्न उपाहारका साथै गिफ्ट ह्यापर प्रदान गरिएको थियो । उनिहरुले बिभिन्न अवसर र पुरस्कार एकसाथ पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu