गीतकार गोबिन्द गौतमको शब्द एवं बिकाश चौधरी द्धारा संगीत बद्ध आधुनिक गीती एल्वम ‘पहिलो किरण’ बिमोचन गरिएको छ । चोभार स्थीत एभरेष्ट फाउन्डेसन द्धारा सन्चालीत सगरमाथा चाइल्ड केयर हाउसमा ५० जना बच्चाहरु माझ ‘पहिलो किरण’ बिमोचन गरिएको हो ।
गीतकार गोबिन्द गौतमले पहिलो किरण एल्वम उक्त चाइल्ड केयर हाउस लाइ सहयोगार्थ हस्तान्तरण गरेका थिए । उक्त एल्वम बिक्रि मार्फत उठेको शतप्रतिशत रकम बालआश्रमलाइ नै हुने गीतकार गौतमले जानकारी दिए । साथै गौतमले बालआश्रमको लागी आर्थिक सहयोग पनि गरेका छन् ।
गीतकार गौतम बिगत १० बर्ष देखि अमेरीकामा बस्दै आए पनि नेपाली गीत लेखनमा उनि सक्रिय छन् । कार्यक्रममा एल्वम निर्माण मा सहयोग गर्ने व्यक्तित्वहरुलाइ मायाको चिनो प्रदान गरिएको थियो भने एभरेष्ट फाउन्डेसनको तर्फबाट आश्रमका बुबा नर बहादुर लिम्बुको हातबाट गीतकार गौतमलाइ फाउन्डेसनको आजीबन सदस्यता स्वरुप सम्मान पत्र प्रदान गरेको थियो ।
एल्मवमा ७ वटा गीत समाबेश गरिएको छ । गीतमा अन्जु पन्त, प्रमोद खरेल , मनोज सेवा, बिकाश चौधरी, उषा मलाह, सुनिल राइको आवाज रहेको छ ।