काली प्रसादले ल्याए ‘दाई नभन्नु ल’, आयो नयाँ डान्सर ग्रुप (भिडियो)



काठमाण्डौ। चर्चित गायक तथा संगीतकार कालीप्रसाद बासकोटाको स्वरमा रहेको नयाँ गीत ‘दाइ नभन्नू ल’को भिडियो सार्वजनिक भएको छ । यो गीतबाट नयाँ डान्स ग्रुप नेपाली संगीत उद्योगमा भित्रिएको छ ।

यसअघि चलचित्र ‘पुरानो डुङ्गा’ को ‘निर’ गीत कभर गरेर चर्चित भएको र ‘मिस्टर झोले’को गीत ‘ओखती’को कभर भिडियो प्रतियोगितामा प्रथम भएको ‘क्रिष्टल क्लज डान्स क्रू’ले ‘दाइ नभन्नु ल’को भिडियो निर्माण गरेको छ ।

गीतमा एकतारेको शब्द रहेको छ । त्यसमा अनिल शर्माले थप अन्तरा कोरेका छन् भने संगीत सुशान्त गौतमको छ । सो गीतमा मन परेकी युवतीले ‘दाइ’ भनेर सम्बोधन गरेपछि युवकको मनमा उब्जिएको पीडा समेटिएको छ ।

सन्देश जंग राणाको निर्देशन रहेको भिडियोमा सरस्वती श्रेष्ठ र आभाष जोशीले अभिनय गरेका छन् । भिडियोलाई सुरज श्रेष्ठले छायांकन तथा सम्पादन गरेका छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu