कान्तिपुरमा आउने भयो ‘द भ्वाईस अफ नेपाल’



विश्वको नम्बर एक गायन रियालिलिटी शो ‘द भ्वाईस’ को नेपाली फ्रेन्चाइज ‘द भ्वाईस अफ नेपाल’ कान्तिपुर एच.डी टेलिभिजनबाट प्रशारण हुने भएको छ ।

कार्यक्रमको लागि एच.डी टेलिभिजन नै हुनु पर्ने भएकोले उक्त शो कान्तिपुर एच.डी बाट प्रशारण हुने भएको हो ।

एएनसी प्रोडक्सन एजेन्सीले निर्माण गर्ने यस रियालिटी शोलाई ‘नेपाल आइडल’ निर्देशन गरेका लक्ष्मण पौडेलले निर्देशन गर्दैछन् ।

असारबाट प्रशारण हुने भनिएको यस कार्यक्रम विश्व कप फुटबलको कारण साउनबाट प्रशारण हुने एएनसीका अध्यक्ष प्रह्लादसिंह महतले बताएका छन् । उक्त रिलायाली शोमा फिरोज तिमल्सिना प्रमुख सहायक निर्देशकको रुपमा रहेका छन् ।

सुशील नेपालले सञ्चालन गर्ने उक्त शोको निर्णायकको भूमिकामा वरिष्ठ गायक दीप श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल र अबया सुब्बा रहने छन् ।

‘द भ्वाईस अफ नेपाल’को विजेतालाई ‘भ्वाईस अफ नेशन’ घोषणा गरिने छ । विजेताले २५ लाख नगद, नयाँ कार, २० लाख बराबरको भिडियो एल्बमको सम्झौता तथा विश्व भ्रमणको अवसर प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu