‘फाटेको जुत्ता’ निर्माताको ‘पागल’ भिडियो सार्वजनिक



‘चपली हाईट’, ‘चपली हाईट २’, ‘फिटकिरी’ र ‘फाटेको जुत्ता’ चलचित्र निर्माण गरेका निर्माता अर्जुन कुमारले १२ वर्षपछि गायनमा कमब्याक गरेका छन् ।

चलचित्र निर्माणमा आउनु अघि उनी एक समय सफल गायकको रुपमा परिचित थिए । चलचित्र निर्माण र व्यापार-व्यवसायमा व्यस्त भएपछि उनले गायनलाई समय दिन सकेका थिएनन् ।

अब १२ वर्षपछि उनले गायनसँगै संगीतकारको रुपमा कमब्याक गरेका छन् । उनीद्धारा स्वर र संगीतबद्ध गीत ‘पागल’ को सांगीतिक भिडियो सार्वजनिक भएको छ ।

निकेश खड्काले निर्देशन गरेको भिडियोमा प्रतीकमान श्रेष्ठ र ब्रिस्टी गुरुङ फिचर्ड छन् । अर्जुनले निर्माण गरेको ‘फाटेको जुत्ता’ लाई निकेशले नै निर्देशन गरेका हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu