गायिका सिर्जना कार्कीको ‘माया’ सार्वजनिक (भिडियो)



काठमाडौं। गायिका सिर्जना कार्कीको नयाँ पप गीत ‘माया…’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रायः सबै गीतमा कर्णप्रिय सुनिने गायिका कार्की यो रोमान्टिक गीतमार्फत दर्शक तथा स्रोताको मन जितिरहेकी छिन् ।

पछिल्लो समय आफूले गाउने अधिकांश गीतमा आफैं संगीत सिर्जना गर्न थालेकी गायिका कार्कीले माया गीतमा पनि आफैंले संगीत भरेकी छिन् । गीतका शब्दहरु पनि उनैले रचना गरेकी छिन् । रचनामा उनलाई उनकै भाइ अर्पण कार्कीले सहयोग गरेका छन् ।

यो गीतमा उनले प्रेमीको मायामा आफू हराएको कुरा गरेकी छन् । हर्कुलस बस्नेतको संगीत संयोजन रहेको यो गीतको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन तथा निर्देशन गरेका हुन् । रामकुमार केसीले भिडियोलाई छायांकन गरेका छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu