टंकको ‘रेली माइ’ मा ‘कार्टुन्ज क्रु’ को नृत्य (भिडियो)



गायक तथा संगीतकार टंक बुढाथोकी र नेपालकै चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रु’ को अभिनय रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ ।

‘रेली माइ’ बोलको गीतमा स्वर, शब्द तथा संगीत टंक बुढाथोकीको रहेको छ । रिलिजको केही घण्टामा नै युट्युब ट्रेन्डिङको ६ नम्बरमा पर्न सफल ‘रेली माइ’ गीतले गायक टंक बुढाथोकीको अर्को सुपर हिट गीत हुने आँकलन गरिएको छ ।

सरोज अधिकरीको निर्देशनमा बनेको भिडियोमा सरोजको साथमा सुविन चौहान र राम घलेले कोरियोग्राफी गरेका छन् ।

गीतको भिडियोमा कार्टुन्ज क्रुका सदस्यहरु रोज अधिकारी, आश्मा बिश्वकर्मा, लाक्पा डि लामा, राम घले, सुविन चौहान र बिकास राईको साथमा दृष्टि श्रेष्ठ, बिजय अधिकारी र दिपेश बुढाथोकीलाई फिचरिङ गरिएको छ ।

ज्ञानेन्द्र शर्माको छायांकन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । यो गीतको कभर डान्स प्रतियोगिताको समेत आयोजना गरिएको छ ।

भिडियो :-

कभर डान्स प्रतियोगिताका उत्कृष्ट तीन प्रतियोगीलाई क्रमश: प्रथम हुनेलाई ७५ हजार, दोश्रो हुनेलाई ५० हजार र तेश्रो हुनेलाई २५ हजार रुपैयाँ पुरस्कार दिईने ‘कार्टुन्ज क्रु’ का सरोज अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu