सुरेशको ‘तिमी साथ भएपछि’ गजल संग्रह सार्वजनिक



सुरेश वाग्लेद्वारा रचना गरिएको गजल संग्रह ‘तिमी साथ भएपछि’ बिहिबार काठमाडौंमा विमोचन गरिएको छ ।

संगीतकार राजु सिंह, संगीतकार शक्ति वल्लभ, संगीतकार लक्ष्मण शेष, अभिनेता सरोज खनाल, प्रा.डा.घनश्याम परिश्रमी, गायक उदय सोताङ, गीतकार करुण थापासहितका व्यक्तित्वले उक्त एल्बम सार्वजनिक गरेका हुन् ।

अमेरिकामा बसोबास गर्दै आएका सुरेश वाग्लेको उक्त एल्बमको उत्पादन गजल गृह नेपालले नै गरेको हो । सार्वजनिक गजल एल्बम ‘तिमी साथ भएपछि’ मा दश वटा गजलहरु समावेश गरिएका छन् । गजलकार वाग्लेले झन्डै एक दशक अघिदेखि रचना गरेका गजलहरुलाई यो एल्बममा समावेश गरिएको छ ।

एल्बमका गजलहरुमा उदय सोताङ, मनिला सोताङ, शिव परियार, अञ्जु पन्त, मनोजराज, हरि लम्साल, टिका प्रसाईं, मदन गोपाल तथा बुद्ध लामा (नेपाल आइडल) को स्वरलाई समावेश गरिएको छ ।

भिडियो :-

हरि लम्साल, शिव परियार, मनोज राज तथा किरण श्रेष्ठले ती गजलहरुलाई संगीतबद्ध गर्नु भएको छ । ती गजलहरुमा गोपाल रसाइली, किरण क“डेल, रिकेश गुरुङ, सचिन सिंह, रिदम कँडेल तथा पाकिस्तानी संगीतकर्मी इमाद रहमानको संगीत संयोजन छ ।

प्रस्तुत एल्बमका दश वटा गजल मध्ये तीन वटा गजल यूगल शैलीका छन् । उदय र मनिला सोताङको स्वरको ‘आँखाको यो नानी भित्रै’, मनोज राज र अञ्जु पन्तको ‘सम्झे पनि तिम्रो याद’ तथा ‘तिमी आयौ जिन्दगीमा’ यूगल शैलीका छन् ।

विमोचन समारोहमा एल्बममा समावेश गायक शिव परियारको स्वरको ‘फूलमा…’ शीर्षकको गीतको म्युजिक भिडियो प्रिमियर गरियो ।

शान थापाद्वारा निर्देशित उक्त भिडियोमा अभिनेत्री मरिष्का पोखरेल तथा अभिनेता पुष्प खड्काले अभिनय गरेका छन् । एल्बममा समावेश अन्य तीन वटा गजलका म्युजिक भिडियोहरु केही समयअघि यूट्युबमार्फत सार्वजनिक भैसकेका छन् ।

प्रशान्त रसाइलीको निर्देशनमा बनेको उदय र मनिलाको ‘आँखाको यो नानी भित्र’ गजलको म्युजिक भिडियोमा शिल्पा मास्के तथा पुष्कर कार्कीले अभिनय गरेका छन् ।

भिडियो :-

बुद्ध लामाको स्वरको ‘तिमी साथ भएपछि…’ गजलको अर्जुन अधिकारीद्वारा निर्देशित म्युजिक भिडियोमा पल शाह तथा आँचल शर्माले अभिनय गरेका छन् ।

मनोज राज र अञ्जु पन्तको स्वरको ‘सम्झे पनि तिम्रो याद’ लाई निकेश खड्काले निर्देशन गरेका छन्, जसमा प्रियंका कार्की तथा अनिल थापाले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu