यस्तो बन्यो ‘पखेटा’ को भिडियो



पछिल्लो समय गीतलाई जति सुन्ने गरिन्छन त्यो भन्दा बढी हेर्ने गरिन्छ । यसैले होला पछिल्लो समय गीतको भिडियोलाई बनाउँदा विशेष ध्यान दिने गरिन्छ । यस्तै देखिएको छ, सार्वजनिक भिडियो ‘पखेटा’ मा पनि ।

शुक्रबार सार्वजनिक गरिएको भिडियो बनिरहेको भन्दा केहि फरक छ । मनिष बशिष्टको शब्द रहेको गीतमा राजेन्द्र सुवेदीको संगीत रहेको छ भने यसलाई प्रविशा अधिकारी र बिष्णु आचार्यले गाएका छन् ।

निकेश खड्काको निर्देशनमा तयार भएको गीतमा स्याडो एक्ट देखाइएको छ । गीतमा लेखिएका शब्दको भावलाई स्याडो एक्ट मार्फत प्रस्तुत गरिएको योगीत वान सटमै छायांकन गरिएको हो ।

यस किसमको भिडियो नेपालमा भने विरलै बन्ने गर्छन । गीतको लागि प्रोपर्टी डिजाइन र त्यसको व्यस्थापन सागर लामाले गरेका हुन् ।

गीतको एरेन्ज अनिल धितालले गरेका हुन् भने मिक्सीङ फिरोज बज्राचार्यले गरेका हुन् । यसमा सुबोल थापा, राजु नेपाली, अनन्त राई, रिना खत्री, सरिना सुनुवार, अनिमा लामाको अभिनय रहेको छ ।

भिडियो :-

यसमा मेकअप सविना लामाको रहेको छ भने यसलाई वान सटमै उत्तम हुमागाईंले छायांकन गरेका हुन् । भिडियोलाई रुपेश खड्काले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu