‘हिमालय रोडिज’ को दोस्रो संस्करण घोषणा



चर्चित रियालिटी सो ‘हिमालय रोडिज’ को दोस्रो संस्करणको अडिसन बैशाख पहिलो साताबाट सुरु हुने भएको छ ।

हिमालय रोडिजको अडिसन इटहरीबाट सुरु हुने निर्देशक अमनप्रताप अधिकारीले जानकारी दिए ।

चितवनमा बैशाख १०, बुटवलमा बैशाख १२, पोखरामा बैशाख १५ र काठमाडौंमा बैशाख १८ गते अडिसन हुने जनाइएको छ ।

गत संस्करणमा अडिसनमा १० हजार प्रतियोगीले भाग लिएकामा अन्तिम चरणका लागि १८ जना छनोट गरिएको थियो ।

‘दोस्रो सिजन चुनौतीहरुले भरिएको छ र उत्तिकै मनोरञ्जनात्मक पनि छ। हामी एउटा समूहमा रुपमा नयाँ अध्यायका लागि निकै उत्साहित रहेका छौं,’ निर्देशक अधिकारीले भने ।

दिया मास्के, रेमण्ड दास श्रेष्ठ र आशिष राना ‘लाहुरे’ यस सिजनमा फेरि निर्णायकका रुपमा पुनरागमन गर्दैछन् । पहिलो संस्करणका विजेता समन श्रेष्ठ र उप–विजेता अनिमेश शाही यस पटकका कार्यक्रम सञ्चालक छन् ।

हिमालय रोडिजको दोस्रो संस्करणको विजेताले नगद २० लाख रुपैयाँ तथा एउटा यामाहा बाइक पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu