दीनाका कारण रोहितको दुख्यो ‘छाती चस्स…चस्स’ (भिडियो)



एकपछि अर्को उत्कृष्ट म्यूजिक भिडियो पस्कँदै आएका रोजल थापा निर्देशित ‘तिमी गयौं’ बोलको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

लोकेन्द्र राईको स्वर रहेको गीतमा यमन सुवेदीको शब्द र राम सिटौलाको संगीत सुन्न सकिन्छ । गीतले प्रेमभाव बोल्छ ।

रोहित बस्नेत र दीना घिमिरे फिचर गीतमा यी दुई एकअर्काको साथ बिना बाँच्न नसक्ने कुरा गर्दैछन् । भिडियोमा यो कपलको केमेष्ट्री कमालको देखिएको छ । रोहितको यो पहिलो अभिनीत भिडियो हो ।

विरेन्द्र भट्टको छायांकन, श्याम कुँवरको सम्पादन रहेको भिडियोमा मेघराज मगरातीले ड्रोन चलाएका छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu