माया लगाउँदै आए सारा र निराजन (भिडियो)



काठमाण्डौ। गीतकार अम्बिका गुरुङले आफ्ना रोमान्टिक शब्दहरुको एउटा गीतको म्युजिक भिडियो तयार पार्नु भएको छ । ‘माया लगाइ…’ शीर्षकको उक्त गीतको म्युजिक भिडियो भरखरै सार्वजनिक भएको छ ।

संगीतकारको रुपमा स्थापित भैसकेका शंकर थापा स्माइलले यो गीतमा स्वर भरेका छन् । प्रस्तुत गीतमा संगीत पनि थापाकै छ । आफ्नै संगीत भएकाले हुनसक्छ संगीतकार थापा यो गीतको गायनमा खुलेका छन् । यो गीतलाई उदयराज पौडेलले संगीत संयोजन गरेका हुन् । आरबी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीतलाई अशोक महर्जनले मिक्सिङ गरेका हुन् ।

नेपालका स्थापित म्युजिक भिडियो निर्देश्ँक अर्जुन अधिकारीले यो गीतको म्युजिक भिडियोलाई गीतका शब्दहरु झैं रोमान्टिक बनाएका छन् । भिडियोमा अभिनेत्री सारा शिर्पाली तथा अभिनेता निराजन प्रधानले अभिनय गरेका छन् । भिडियोमा उनीहरुको जोडी लोभलाग्दो देखिएको छ । उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu