गायक तथा संगीतकार ताराप्रकाश लिम्बूको नयाँ देशभक्ति गीत रिलिज भएको छ। सार्वजनिक ‘मेरो प्यारो मेरो देश मेरो नेपाल’ बोलको गीतमा तार प्रकाश स्वर तथा संगीत सुन्न सकिन्छ ।
गीतकार मुकेश राईको गीती एल्बम ‘मनोकांक्षा २’ मा समावशे यस गीतमा देश प्रतिको माया व्यक्त गरिएको छ ।
शान थापाको निर्देशनमा तयार भएको भिडियोमा ताराप्रकाश आफैं फिचरिङ छन् । देशभक्ति भावनालाई देखाइएको भिडियो नेपालका विभिन्न ऐतिहासिक स्थलहरुमा छायांकन गरिएको छ ।
भिडियोमा तारा प्रकाश देशभक्ति नेपालीको रुपमा प्रस्तुत छन् । आफुले धेरै रोमान्टिक गाइसके पनि देशभक्ति गीत गाउने इच्छा भएका कारण यस गीत तयार गरेको तारा प्रकाश बताउँछन् ।
राजिप समरको नृत्य निर्देशन रहेको यस गीतको भिडियोमा सैरभ लामाको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।
हेर्नुहोस् भिडियो :-