यो भिडमा अग्लो नाम होस् ‘केकी’ | शुभ जन्मदिनको शुभकामना



keki-birthday-tp
ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली चलचित्रकी पछिल्लो समयकी चर्चित नायिका केकी अधिकारीको मंगलवार जन्म दिन परेको छ । म्यूजिक भिडियो हुँदै ‘स्वर’नामक नेपाली चलचित्रबाट नेपाली रजतपटमा प्रवेश गरेकी नायिका केकीले यसबीचमा थुप्रै नेपाली चलचित्रमा अभिनय गरिसकेकी छन् । भने उनका आधा दर्जन भन्दा बढी चलचित्र प्रदर्शनको तयारीमा छन् । केकी यो समयकी व्यस्त नायिकामा गनिन्छिन् ।

गत बर्ष चलचित्र “बितेका पल”को छायांकनको दौरानमा दार्जीलिंगमा नै जन्मदिन मनाएकी केकिले यो पटक भने काठमाडौँ मा नै आफ्नो जन्मदिन मनाउँदै छिन । केकिले अभिनय गरेको अनि पछिल्लो समयको चर्चित अनि बहुप्रतिच्छित चलचित्र “बितेका पल” यही पौष २६ गते बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ । चलचित्रमा आवश्यक पर्ने जुनसुकै भूमिकामा पनि यथार्थपरक अभिनय गर्न माहिर नायिका केकी आफ्नो यो प्रतिभाकै कारण धेरै चलचित्रप्रेमी माझ लोकप्रिय छिन् ।

केकी अभिनित पछिल्लो समय प्रदर्शनमा आएका प्राय: कुनै पनि चलचित्रले सोचेअनुसार व्यापारिक सफलता हात पर्न भने सकेका छैनन् । यो क्रम चलिरहँदा अपकमिङ् चलचित्र ‘बितेका पल’ले केकिको उचाई अझै माथि पुर्याउने धेरैको आँकलन रहेको छ । मंगलवार दिउसो नै चलचित्र ‘बितेका पल’ले पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेको छ। सोहि कार्यक्रममा केकीले सञ्चारकर्मीमाझ जन्मदिन मनाउनेछिन्।

नायिका केकी अधिकारीलाई ठुलोपर्दा डटकमको तर्फबाट जन्मदिन सँगै प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘बितेका पल’ को सफलताको लागि हार्दिक मंगलमय शुभकामना । यो भिडमा अग्लो नाम होस् ‘केकी अधिकारी’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu