लेखुको ‘आमा’ गीतको भिडियो शुशान्तको अभिनय (भिडियो)



काठमाण्डौ। गायक लेखु सहयात्रीले हालै ‘आमा’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । यस गीतमा सहयात्रीको स्वर तथा राजन खतिवडाको संगीत रहेको छ ।

अर्जुन अधिकारीको निर्देशनमा बनेको गीतको भिडियोमा उत्सव दाहालको छायांकन रहेको छ भने निशान घिमिरेको सम्पादन रहेको छ । सुशान्त खत्री यो गीतमा फिचर्ड छन् । उनी यसकारण पनि चर्चामा छन् जसले भारतीय डान्स रियालिटी शो ‘डान्स च्याम्पियन’ मा बलिउडका स्टार सलमान खान र कट्रिना कैफको अगाडि नृत्य गरेर चर्चामा आएका थिए ।

उनले यसअघि जीवनमै पहिलोपटक म्युजिक भिडियोको रुपमा ‘’यो मुटु दुख्छ किन’मा समेत अभिनय गरिसकेका छन् । आमाहरुलाई समर्पित गरेर लेखिएको शब्दमा सुशान्तले निकै दमदार प्रस्तुती दिएका छन् ।

भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu