प्रेमध्वज प्रधानलाई अजर अमर सम्मान



काठमाडौं। संगीतकार संघ नेपालले शुक्रवार काठमाडौंबाट थालनी गर्ने मेची महाकाली सांगीतिक अभियानको क्रममा प्रसिद्ध गायक तथा संगीतकार प्रेमध्वज प्रधानलाई नगद सहित अजर अमर सम्मान–२०७५ बाट सम्मान गर्ने भएको छ ।

सकारात्मक सोच सहित कर्तव्यवोधको सांगीतिक अभियान मूल नाराका साथ शुरु हुन लागेको यो अभियानको उद्घाटन पूर्व प्रधानमन्त्री तथा पुष्पकमल दाहाल प्रचण्डले गर्ने तय भएको छ ।

भोलि बैशाख ७ गते शुक्रबार आर्मी अफिसर्स क्लब भद्रकालीमा साँझ ५ बजेदेखि प्रारम्भ हुने उक्त समारोहअघि दिउसो ३ बजे प्रेमध्ववज प्रधानलाई बागबजारस्थित उनको निवासबाट रथारोहण गरिने कार्यक्रम छ । त्यस अन्तर्गत उनको निवास बागबजारबाट दिनको ठिक ३.०० बजे रथारोहण प्रारम्भ भै आर्मी अफिसर्स् क्लब टुंडीखेलतर्फ प्रस्थान हुने छ ।

आर्मि अफिर्स क्लकबो कार्यक्रममा प्रेमध्वज प्रधान, योगेस बैद्य, दीप श्रेष्ठ, दीपक खरेल, मीरा राणा, जे बि टुहुरे, नन्दकृष्ण जोशी, शम्भु राई, कुन्ती मोक्तान, नारायण रायामाझी, राजेसपायल राई, उदय सोताङ्ग, मनिला सोताङ्ग, पारष मुकारुङ्ग, धिरेन्द्र प्रेमहर्सी, सत्यराज आचार्य, स्वरुपराज आचार्य, शिशिर योगी, जेम्स प्रधान, शशी रावल, लगायतले लाइभ प्रस्तुती पस्कनेछन् ।

यो अभियानको अर्को उद्देश्य भनेको संगीतकार संघ नेपालले स्थापना गरेको कल्याणकारिणी कोष बृद्धि गर्नु रहेको संघले स्पथ पारेको छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने र राज्यलाई सघाउ पु‍¥याउने लक्ष्य पनि लिएको संघले राष्ट्रिय एकता र सदभावका लागि काठमाडौंबाट शुरु गर्ने यो अभियान तीन चरणमा गरी देशैभरि सञ्चालन हुनेछ ।

सात वर्षअघि स्थापना भएको सङ्गीतकार संघले नेपाली गीत सङ्गीतको जगेर्ना एवं प्रवद्र्धन गर्ने तथा त्यसको महत्व र गरिमालाई विश्व सामु चिनाई नेपालको पर्यटन विकासमा समेत टेवा पुर्‍याउने उद्देश्यले यो साङ्गीतिक अभियान सञ्चालन गर्न लागेको हो ।

विभिन्न जातजाति तथा भाषा भाषीको लोपोन्मुख कला, संस्कृति, परम्परा एवं गीत सङ्गीतको संरक्षण र सम्वद्र्धन गर्ने समेत उद्देश्य बोकेको यो साङ्गीतिक अभियानमार्फत मेचीदेखि महाकालीसम्मका नेपालीहरुलाई कला, सङ्गीत तथा सांस्कृतिक कार्यक्रमको माध्यमबाट गोलबद्ध गर्ने संघको योजना रहेको पनि अवगत गराएको छ ।

पवित्र उद्देश्यका साथ महान लक्ष्य प्राप्तिका लागि अघि बढेको सङ्गीतकार संघ नेपालले शुरु गर्न लागेको यो अभियानमा होस्टेमा हैंसे थपेर स्रष्टा, श्रोता र सञ्चारको सहकार्यबाट यो अभियान सफल हुनेमा संघले विश्वस्त देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu