मनोजको पार्टी गीतमा झुमिन् श्रृष्टी (भिडियो)



गायक मनोज महत्तो आवाजमा समावेश ‘नाचौ गाऔ झुमौ’ बोलको गीतको भिडियो रिलिज भएको छ ।

किशोर चौधरी र आर के चौधरीको शब्द रहेको यो क्लब गीतमा एस के परियारको संगीत छ ।

गायक महत्तो भन्छन्–‘अहिले स्टेजमा मस्ती मुडका गीत चलिरहेका छन् । यसैले, पनि मैले यसपटक गहकिला शब्द प्रयोग गरेको छैन । टपरी टाइपका शब्द प्रयोग गर्दै यूवापुस्तालाई लक्षित गरेको छु । यो गीत मैले स्टेजमा गाएँ भने दर्शक झुम्ने कुरामा विश्वस्त छु ।’

करिब १ बर्ष अगाडि यो गीत तयार गर्ने सोच पलाएको भन्दै अहिले दर्शकमाझ आउँदा आफू उत्साहित भएको बताए ।

निशान घिमिरेले निर्देशन गरेको यो भिडियोमा विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन, सुरेन्द्र बसेलको कोरियोग्राफी छ । यो भिडियोमा अनिल थापा र श्रृष्टी खड्काको मोडलिङ छ ।

भिडियोमा मोडल श्रृष्टी खड्का बोल्ड देखिएकी छिन् । निर्देशक घिमिरे भिडियोका लागि लोकेशनको डेकोरेशन पनि गज्जबले गरेको बताउँछन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu