सत्य प्रेमघटनामा सुशीलले ल्याए यस्तो गीत (भिडियो)



गायक सुशील पंगेनीले आफ्नै शब्द र संगीतमा ‘तिमी जादैछौ टाढा’ बोलको गीत सार्वजनीक गरेका छन् । म्यूजिक नेपालको युट्युव च्यालनबाट दर्शकमाझ प्रस्तुत गरिएको भिडियोमा चर्चित मोडल रञ्जन रिजाल र अभिनेत्री उषा खनालले अभिनय गरेका छन् । भिडियो शिब बिकले निर्देशन गरेका हुन् ।

झण्डै एक दशकदेखि फिल्म लेखनमा सक्रिय रहेका पंगेनीको यस गीतमा प्रेमपीडा प्रस्तुत गरिएको छ । फिल्म लेखनका साथै गायन, शब्द रचना र संगीतमा समेत पारंगत पंगेनीले आफूसँग झण्डै दुई सय वटा गीत संगीतसहित ‘स्टक’ रहेको बताउँछन् ।

सानैदेखि गायन तथा लेखनमा दख्खल राख्ने गरेका पंगेनी ‘तिमी जादैछौं टाढा’ बोलको गीत युवापीढीको सत्य प्रेमघटनामा आधारित रहेको बताउँछन् । झट्ट सुन्दा आफ्नो गीतले प्रेमपीडितलाई आत्महत्या गर्न प्रेरित गर्नेजस्तो देखिए पनि वास्तविकता त्यस्तो नभएको तर्क उनको छ ।

उनी भन्छन्, ‘गीतमार्फत प्रेममा धोका, घात, पीडा भयो भने कस्तोसम्म दुर्घटना निम्तिन सक्छ भन्दै कसैले कसैलाई धोका नदेओस भन्ने सन्देश प्रभाव गर्न खोजेको हुँ ।’

फिल्म लेखन र गायनसंगीतलाई सँगै अघि बढाउने जमर्के गरेका पंगेनीले जन्जिर, टिचर, एउटा साथी, लक्ष्यलगायत झण्डै एक दर्जन फिल्मको स्क्रिप्ट लेखेका छन् । उनले लेखेको लक्ष्य फिल्ममा समाबेश अन्जु पन्तको स्वरको टेकेर दिलको दैलो बोलको गीत निकै चर्चित भएको थियो ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu