फिरोज र एड्रिनसँग गीत गाउने अवसर



तपाई अष्ट्रेलियामा बस्नुहुन्छ ? यदी तपाईलाई चर्चित सागितिक ब्याण्ड १९७४ एडीका दुई चर्चित गायक हस्ती फिरोज स्याङ्देन र एड्रिन प्रधानसँग गीत गाउन मन छ भने अब तपाईको इच्छा पूरा हुने भएको छ ।

अगस्ट ४ का दिन सिड्नीको लुना पार्कमा हुन लागेको बृहत सांगीतिक कार्यक्रममा यो जोडीसँग गायन प्रतियोगितामार्फत गीत गाउने चाहना हुनेहरुले कुनै पनि गीत गाएर [email protected] मा पठाउनु पर्नेछ ।

आयोजक ‘हो र होइन होला’ इभेन्टसका रोशन भट्टराईले भने, ‘मेलमा आएका गीतहरू मघ्येबाट उत्कृष्ट २० जना छानेर हामी ती २० जनाबीच प्रत्यक्ष गायन गर्ने छौ र ति २० जनाबाट एक नम्बरको प्रतिभाले दुई गायकसँगै गीत गाउन पाउनेछन् भने थप दुईले स्टेज प्रयोग गर्न पाउनेछन् ।’

उनले प्रवासमा रहेका प्रतिभावान कलाकारहरूलाई यो अबसरको सदुपयोग गर्न आग्रह गरेका छन । ‘ओर्जिनल डिओ’ नाम दिइएको यो कार्यक्रममा नेपालका अन्य चर्चित गायक गायिकाहरुको पनि सहभागिता हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu