स्कूल ग्लोरीका १८ जनाले देखाए प्रतिभा



काठमाण्डौ। ‘दोश्रो स्कूल ग्लोरी २०१८’मा सहभागी १८ जना प्रतियोगिहरुले आफ्नो प्रतिभा देखाएका छन् । शनिवार राजधानीमा आयोजित ट्यालेन्ट राउण्डमा निर्णायक समक्ष उनिहरुले आफ्नो प्रतिभा देखाएका हुन् ।

नृत्य, गायन, चित्रकारिता तथा वक्तृत्वकला लगायतका प्रतिभा देखाउँदै प्रतियोगिहरु फाइनल तर्फ अगाडी बढेका छन् । निर्णायकको मत तथा पब्लिक भोटिङ्गबाट बैशाख २१ गते राजधानीमा विजेता घोषणा हुनेछन् । विजेताले नगद पुरस्कारका साथै ट्रफी, प्रमाणपत्र तथा विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।

देशभरका विद्यालयबाट सहभागी ३५ जना प्रतियोगिहरु मध्येबाट छानिएर १८ जना ट्यालेन्ट राउण्डमा पुगेका हुन् । विद्यालयहरुसँगको सहकार्यतामा अडिशन गरी प्रतियोगिहरु छनौट गरिने आयोजक संस्था जि ईलेभन प्रा.लि.का सचिव राजन दाहालले जानकारी दिए ।

ट्यालेन्ट राउण्डमा निर्णायकको रुपमा चलचित्र पत्रकार जिवन पराजुली, गायक रुद्र शमशेर जबरा र कोरियोग्राफर तथा ब्यूटिसियन शान्ति लिम्बु रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu