बुद्ध जयन्तीमा ‘गोर्खे सलाम…’ सार्वजनिक (भिडियो)



बुद्ध जयन्तीको अवसर पारेर गायक तुल साम्सोहाङ राईले राष्ट्रिय भावना बोल्ने ‘गोर्खे सलाम…’ शीर्षकको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

अमेरिकामा बसोबास गरिरहेका गायक राईको उक्त गीतमा टंक बुढाथोकीको शब्द तथा संगीत छ । गीतमा बुढाथोकीले नै संगीत संयोजनको काम गरेका छन् ।

उक्त गीत गायक राईको ‘समिश्रण’ एल्बममा समावेश छ । मेलोडियस शैलीको यो फास्ट गीतको म्युजिक भिडियो पनि उत्तिकै आकर्षक बनेको छ ।

निर्मल लामाद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोलाई भिमफेदी गाइजका कलाकारले आकर्षक बनाएका हुन् । निर्देश्ँक लामा पनि भिमफेदी गाइजकै सदस्य हुन् ।

अंग्रेजीमा उप शीर्षक राखिएको उक्त गीतको भिडियोलाई पवन सुस्लिङले सम्पादन गरेका हुन् । द मोन्टाजद्वारा छायांकन गरिएको भिडियोमा भीमफेदी गाइजका कलाकारहरुलाई द स्टार यूथ डान्स ग्रुप, दम्की रक्स तथा चिउरी बगैंचा गाईजका कलाकारहरुले पनि साथ दिएका छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu