भावनाको बग्ने खोलामा शिल्पा (भिडियो)



लोक दोहोरीबाट गायन यात्रा सुरु गरेकी गायिका भावना आचार्यले पहिलोपटक ‘बग्ने खोला बगी गो’ बोलको लोकपप गीत दर्शकस्रोतामाझ पस्किएकी छिन् ।

भावनाले नै निर्माण गरेको गीतमा चर्चित गायक रामचन्द्र काफ्लेले उनलाई गायनमा साथ दिएका छन् ।

स्थापीत संगीतकार दीपक शर्माको शब्द र संगीत रहेकोे गीतको भिडियोमा चर्चित हिरोइन शिल्पा पोखरेलका साथ मोडल,अभिनेता दीपक ढकाललाई प्रस्तुत गरिएको छ ।

देबेन्द्र पाण्डेले निर्देशन गरेको भिडियो उत्सब दाहालले खिचेका हुन् । साहिल खान र मिलन श्रेष्ठले सम्पादन गरेको भिडियोमा प्रेमभाव प्रकट गरिएको छ ।

संगीतकार दीपकले यस गीतमा नेपालमा बोलीने मौलीक भाषा र भाकालाई नवीन शैलीमा प्रस्तुत गरिएको बताउँछन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu