‘हिरो रिटर्न्स’ को शिर्ष गीत सार्वजनिक, आँचलको हिरो सविन



चलचित्र ‘हिरो रिटर्न्स’ को शिर्ष गीत सार्वजनिक भएको छ । बैशाख २८ गतेलाई प्रदर्शन मिति तय गरिएको यस चलचित्रको रिलिज पोस्टपोन्ड भएसँगै गीत सार्वजनिक गरिएको हो ।

टंक बुढाथोकीको शब्द तथा संगीतमा तयार भएको गीतमा स्वर टंकसँगै मनिषा पोखरेलको छ । गीतको भिडियोमा कोरियोग्राफी कविराज गहतराजले गरेका छन् ।

प्रचार-प्रसारलाई अघि बढाउने हेतुले चलचित्रको शिर्ष गीत सार्वजनिक गरिएको कार्यकारी निर्माता चन्द्र गौतमले जानकारी दिए । सार्वजनिक गीतमा मुख्यतः अभिनेता सविन श्रेष्ठ र अभिनेत्री आँचल शर्मा फिचर छन् । गीतमा आँचललाई बोल्ड अबतारमा प्रस्तुत छिन् ।


गीतमा लिड अभिनेत्री रेखालाई भने फिचर गरिएको छैन । आशिष भेटवालको निर्देशनमा बनेको चलचित्रलाई मदन कस्यप घिमिरेले छायांकन गरेका हुन्।

भिम न्यौपाने र अमित श्रेष्ठ निर्माता रहेको चलचित्रमा टंकसँगै दीपक शर्माको संगीत छ । चन्द्र पन्तले द्वन्द्व निर्देशन गरेका छन् । चलचित्रलाई हेटौंडा र काठमाडौं खिचिएको छ ।

‘हिरो रिटर्न्स’ मा प्रस्तुतकर्ता रहेका सविन र रेखासँगै दिल श्रेष्ठ , सरोज खनाल, सुलेमान शंकर (इकु), सुरेश थापा (दर्शने), रोशन श्रेष्ठ, डिबी बम्जम, सुशान्त श्रेष्ठ, किरण थापा, लक्ष्मी गिरी लगायत लिड अभिनयमा छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu