फ्राईडे रिलिज : ‘डमरुको डण्डीबियो’ र ‘भोर’



यो हप्ताका लागि दुई नेपाली चलचित्र ‘डमरुको डण्डीबियो’ र ‘भोर’ प्रदर्शनमा आएको छन् । नेपालबाट लोप हुँदै गएको डण्डीबियोको कथामा ‘डमरुको डण्डीबियो’ निर्माण भएको छ भने ‘भोर’ ले मधेशको सबैभन्दा ठूलो समस्या दाइजो प्रथाको कथा बोल्छ ।

हरेक वर्ष एक चलचित्रमात्र लिएर दर्शकमाझ आउन खगेन्द्रको यो चलचित्र गीतसंगीत र ट्रेलरका कारण प्रतिक्षीत थियो । यसमा उनले स्पोटी व्यक्तिको भूमिका निर्वाहा गरेका छन् । उनी आफू करीब ५ वर्षपछि फरक भूमिकामा आएको बताउँछन् ।

यस चलचित्रको कथा खगेन्द्र आफैंले लेखेका हुन् । उक्त चलचित्रका निर्देशक छेतेन गुरुङ हुन् । अनुप बराल, अशान्त शर्मा, मेनुका प्रधान, वुद्धि तामाङ, लक्ष्मी बर्देवा, मिश्री थापा, नमिता घिसिङ, इंगि होपू कोइंच सुनुवार, अंकित खड्का लगायतका कलाकारहरुको चलचित्रमा अभिनय छ ।

समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा विनोद गुरुङ र नोर्बु छिरिङ घलेको लगानीमा निर्माण भएको ‘डमरुको डण्डीबियो’ को छायांकन लमजुङको घले गाउँ र काठमाडौंमा भएको हो ।

यस्तै, ‘भोर’ मा डली सरकार, रामनारायण ठाकुर, अनिता रानी मण्डल, राजेश सक्सेनालगायतका कलाकारहरु प्रमुख भूमिकामा छन् । यसका निर्देशक यादवकुमार भट्टराई हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu