‘लम्फू’ हिरोलाई भारतीय टेलिसिरियलको अफर



बैशाख २८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘लम्फू’ का अभिनेता सञ्जित भण्डारीलाई भारतीय ट्लिसिरियलको अफर आएको छ ।

गएको केही महिना अगाडि भारतमा रहेको ‘भारतीय फिल्म तथा टेलिभिजन संस्थान’ मा २० दिने अभिनय कोर्ष समेत गरेका उनलाई सोही क्रममा चाँडै निर्माण हुन लागेको एक भारतीय टेलिसिरियलबाट अफर आएको हो ।

भारतीय फिल्म तथा टेलिभिजन संस्थानका प्रशिक्षक समेत रहेका सिद्धार्थ शास्त्राले उनलाई एक नयाँ टेलिसिरियलको अफर गरेका हुन् । सञ्जित भन्छन्, ‘उहाँले नयाँ सिरियलका लागि एक कश्मिरको जस्तो देखिने युवक खोजिरहनु भएको रहेछ । मेरो लुक्स कश्मिरको जस्तो लागेपछि उहाँले टेलिसिरियल अफर गर्नुभयो । उहाँले मलाई चाँडै सम्पर्क गर्ने वाचा गर्नुभएको छ ।’

सञ्जित अभिनीत चलचित्र ‘लम्फू’ लाई गोपालचन्द्र लामिछानेले निर्देशन गरेका हुन् । यसले एक युवाको जीवनमा आईपर्ने अकल्पनिय घटनाहरु प्रस्तुत गर्छ ।

पपुलर मल्टिमीडियाको लागि शक्तिबल्दभ घोरासैनीले निर्माण गरेको यस चलचित्रमा अभिनेता सलोन बस्नेत र कबिर खड्काको पनि लिड अभिनय छ । सञ्जित ‘लम्फू’ बाट आफ्नो करिअरमा ठूलो प्रभाव पार्ने बताउँछन् ।

उनी भन्छन्, ‘मैले जस्तो क्यारेक्टरको कल्पना गरेको थिएँ ‘लम्फू’ मा त्यस्तै छ । राम्रो कथा र भनेजस्तै टिम भेटेपछि फिल्म छाड्नै सकिनँ ।’ उनी ‘लम्फू’ हरेक युवावर्गको वास्तविक कथा रहेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu