‘डमरुको डण्डीबियो’ को ‘गन्तब्य’ गीत रिलिज (भिडियो)



शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र ‘डमरुको डण्डीबियो’ को नयाँ गीत सार्वजनिक भएको छ । रिकेश गुरुङ र विद्या तिवारीको स्वर रहेको गीतमा सविन एकतारेको शब्द र कालीप्रसाद बाँस्कोटाको संगीत सुन्न सकिन्छ ।

‘गन्तब्य’ बोलको गीतमा लिड अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री मेनुका प्रधान फिचर्ड छन् । गीतले यी दुईको छट्पटी बोल्छ ।

घले गाउँ र काठमाडौंमा खिचिएको यस चलचित्रमा खगेन्द्र र मेनुकाको अलावा अनुप बराल, आशान्त शर्मा, अंकित खड्का, लक्ष्मी बर्देवा, बुद्धि तामाङ, इंगी होपो सुनुवारलगायतका कलाकारको लिड रोल छ ।

समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा विनोद गुरुङ र नोर्बु छिरिङ घलेले ‘डमरुको डण्डीबियो’ निर्माण गरेका हुन् । खगेन्द्रको लेखन रहेको यस चलचित्रका निर्देशक छेतेन गुरुङ हुन् ।

भिडियो :-

घले गाउँ र काठमाडौंमा खिचिएको उक्त चलचित्रले शहरमा बसेर पढेको एक युवक डण्डीबियोलाई पूर्नस्थापित गर्न गाउँ पसेको कथा बोल्छ । खगेन्द्रले एक डण्डीबियो खेलाडीको भूमिका निर्वाहा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu