‘झमक बहादुर’ को ट्रेलर रिलिज, ‘मुम्बई एक्सप्रेस’ को दुरुस्तै कपी



दक्षिण भारतीय चलचित्र ‘मुम्बई एक्सप्रेस’ को दुरुस्तै कपी गरेर निर्माण भएको चलचित्र ‘झमक बहादुर’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच कलाकार निर्माण टिमको उपस्थितिमा चलचित्रको ट्रेलर सार्वजनिक गरियो ।

ट्रेलर ‘मुम्बई एक्सप्रेस’ भन्दा रत्ति फरक छैन । हाल प्रदर्शनरत चलचित्र ‘कोहलपुर एक्सप्रेस’ पनि यही चलचित्रकोे फोटोकपी रहेको चर्को रुपमा आलोचना भइरहेको छ । हरेक चलचित्रमा आफ्नो दमदार अभिनयबाट चर्चामा रहने अनुप विक्रम शाहीको ‘झमक बहादुर’ मा लिड अभिनय छ ।

उनले यसमा कमल हसनको भूमिका निर्वाहा गरेका छन् । निर्देशक भोमन कटुवाल निर्देशित ‘झमक बहादुर’ मा यादव देवकोटा, राजु कमेडी, सुजता थापा, मिनकुमार तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

यूवि फिल्मस् ग्यालरी र दियालो इन्टरटेन्मेन्टको प्रस्तुती रहेको चलचित्रमा राजु किरातको द्वन्द्व, अनिलकुमार महर्जनको सम्पादन, भोमन कटुवालको पटकथा, कल्याण अधिकारीको कथा, रोजन भुजेलको सम्पादन, राजन, सूर्य र सलिनाको कोरियोग्राफी रहेको फिल्मलाई पवन गौतमले खिचेका हुन् । मिनकुमार तामाङले यसलाई निर्माण गरेका हुन् ।

‘झमक बहादुर’ को ट्रेलर हेर्नुस् :-

‘मुम्बई एक्सप्रेस’ हेर्नुस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu