एउटा भारतिय चलचित्रबाट दुई नेपाली चलचित्र फोटोकपी (भिडियो सहित)



काठमाण्डौ। बैशाख १४ गते रिलीज भएको नेपाली चलचित्र ‘कोहलपुर एक्सप्रेस’बारे त तपाईँले सुन्नुभएकै छ । यो चलचित्र भारतिय चलचित्र ‘मुम्बई एक्सप्रेस’बाट कथा तानेर दाया-बायाँ तुना बानेर रिलीज भएको थियो ।

नायिका केकी अधिकारीले बनाएको ‘कोहलपुर एक्सप्रेस’ले यसकारण पनि निकै आलोचना बेहोर्‍यो । बौद्दिक नायिकामा गनिने केकीले पनि यसबाट आलोचना खेपिन् । आफ्नो बचाउको लागि चलचित्रको अन्त्यमा ‘मुम्बई एक्सप्रेस’बाट प्रभावित भनेर लेखिएको थियो । यो चलचित्रका लेखक तथा निर्देशक विशाल भण्डारी हुन् ।

सोमबार अर्को चलचित्र ‘झमक बहादुर’को ट्रेलर रिलीज भयो । ट्रेलर हेर्दा नयाँ चलचित्रको ट्रेलर नहेरेर भारतिय चलचित्र ‘मुम्बई एक्सप्रेस’ नै हेरेको भान भयो । ‘कोहलपुर एक्सप्रेस’मा केहि पात्र र क्लाईमेक्समा परिवर्तन गरिएको भएता पनि ‘झमक बहादुर’को ट्रेलरले भने त्यसो भन्दैन । ‘कोहलपुर’को आलोचना भईरहेकै समयमा फोटोकपी नै गरेर ‘झमक’ निस्किएको छ । भोमन कटुवालले निर्देशन गरेको यो चलचित्र श्रावण १८ गते रिलीज हुँदैछ ।

आजको युगमा चलचित्र मेकर भन्दा बढि दर्शक बुझ्ने भईसकेका छन् । साइन्स फिक्शनमा चलचित्र बन्ने समयमा नेपालमा भटाभट भारतिय, कोरियन लगायतका चलचित्र उद्योगबाट कपी गरेर चलचित्र बनिरहेका छन् । कुनै समय नेपालमा विदेशी चलचित्रको पहुँच कम भएको समयमा अहिले हामीले बरिष्ठ ठान्ने केहि निर्देशकले जस्ताको त्यस्तै कपी गरेर चलचित्र बनाएका थिए । त्यो समयमा राम्रो नेपाली चलचित्र मानेर हेरिन्थ्यो । तर अहिले त्यो समय छैन । नेपालमा विदेशी चलचित्र हेर्ने दर्शक सायदै भेटिन्छन् । यतिसम्मकी गीतको ट्यूनिङ्ग देखी चलचित्रको कुनै पनि दृश्य कपी गरिएको छ भने दर्शकले थाहा पाउँछन् । यहाँ त पुरै चलचित्र नै जस्ताको त्यस्तै उतारिएको छ । सायद दर्शकले फोटोकपी गर्न सिपालु भनेर ताली बजाउनेछन् ।

‘मुम्बई एक्सप्रेस’का प्रमूख पात्र कमल हसनको भूमिकामा ‘झमक बहादुर’मा अनुप विक्रम शाही छन् भने ‘कोहलपुर एक्सप्रेस’मा केकी अधिकारी छन् । ‘कोहलपुर एक्सप्रेस’को अन्त्यमा प्रभावित लेखिएको छ । के अब ‘झमक बहादुर’ले ‘मुम्बई एक्सप्रेस’बाट ‘फोटोकपी गरिएको’ भनेर लेख्ला ?

यो समाचारमा लेखिए अनुसार यि दुई ट्रेलर र ‘मुम्बई एक्सप्रेस’ हेरेर आँफैले तुलना गर्नुहोस्:
‘झमक बहादुर’ ट्रेलर:

‘कोहलपुर एक्सप्रेस’ ट्रेलर:

‘मुम्बई एक्सप्रेस’ चलचित्र:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu