क्रिष्टिनाको ‘चौबन्दीको तुनामा’ दुर्गेशको आँखा (भिडियो)



गायक तथा संगीतकार कर्म दोङ तामाङको लोक पप विधामा आधारित गीत ‘तिम्रो चौबन्दीमा’ सार्वजानिक भएको छ । हाल जापानमा बसोबास गर्दै आईरहेको कर्मको यो पाँचौ म्युजिक भिडियो हो ।

यस रोमान्टिक गीतमा गायक कर्मको एकल आवाज छ भने शब्द र संगीत विश्व दोङले भरेका छन् ।

विकास सुवेदीको निर्देशन रहेको भिडियोमा क्रिष्टिना र दुर्गेशसँगै नेपाली ठिटोजका कलाकारहरुले समेत अभिनय गरेका छन् ।

गायक कर्म दोङको यसअघि एकल गीति एल्बम कर्म सार्वजनिक भएको थियो । उनीद्वारा स्वरबद्ध ‘सुन कोशी तरेर म आउला’, ‘यति धेरै माया दियो संसार भुल्न बाध्य भएँ’ लगायतका गीतहरु चर्चामा छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu