साउन १८ मा ‘कायरा’ आउने



अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनीत चलचित्र ‘कायरा’ को प्रदर्शन मिति घोषणा गरिएको छ । वितरक सुनिल मानन्धरले यस चलचित्रको प्रदर्शन मिति साउन १८ गतेलाई तोकिएको जानकारी दिए ।

यस चलचित्रको केही दिनमा भित्रमा पहिलो गीत सार्वजनिक हुँदैछ । यसका निर्देशक लक्ष्मण रिजाल हुन् ।

साम्राज्ञी र आर्यनले पहिलो पटक एकसाथ ‘स्कृन’ शेयर गरेका कारण दर्शकहरु यो कपललाई पर्दामा हेर्न निकै आतुर छन् ।

फिलिपिन्स र नेपालमा छायांकन भएको यस चलचित्रको निर्माता आर्यन आफैं हुन् । यो फिल्मका लागि साम्राज्ञीले १० लाख पारिश्रमिक बुझेको चर्चा छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu