युट्युबमा हिट भावनाको ‘बग्ने खोला’ (भिडियो)



गायिका भावना आचार्यको नयाँ गीत ‘बग्ने खोला’ ले यतिबेला बजार तताएको छ । सार्वजनिक भएको एक सातामा गीतलाई युट्युबमा ७ लाख बढी दर्शकले हेरिसकेका छन् ।

गीतकार दीपक शर्माको शब्द र संगीतमा तयार भएको गीतमा पछिल्लो पुस्ताकी चर्चित नायिका शिल्पा पोखरेलको अभिनय रहेको छ । जसमा शिल्पालाई दीपक ढकालले अभिनयमा साथ दिएका छन् ।

गीतमा शिल्पा र दीपकको जोडी गज्जबको देखिएको छ । देबेन्द्र पाण्डेले निर्देशन गरेको भिडियो उत्सव दाहालले खिचेका हुन् । साहिल खान र मिलन श्रेष्ठले सम्पादन गरेको भिडियोमा प्रेमभाव प्रकट गरिएको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu