हल छिर्‍यो ‘लम्फू’



शुक्रबारदेखि तीन नेपाली चलचित्र रिलिज भएका छन् । सलोन बस्नेत स्टारर ‘लम्फू’ सँगै ‘हिरोज’ र ‘मनाङ्गे नानी’ चलचित्रले हलमा व्यापारिक प्रतिस्पर्धा थालेका हुन् ।

गीतसंगीत र ट्रेलरका कारण अन्य दुई चलचित्रभन्दा ‘लम्फू’ दर्शकमाझ प्रतिक्षीत थियो । चलचित्र सेन्सर बोर्डबाट जुनसुकै वर्गका दर्शकले हेर्न पाउने ‘यूनिभर्सल सर्टिफिकेट’ प्राप्त ‘लम्फू’ बाट नव-नायक कबिर खड्काले डेब्यु गरेका छन् । उक्त चलचित्र २ घण्टा २५ मिनेट लामो छ ।

‘लम्फू’ मा कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई (बालकलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंग, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको छ ।

यो चलचित्रमा तरकारीवालीको नामले संसारभर प्रख्यात कुशुम श्रेष्ठको पनि अभिनय रहेको छ । यसमा समय र परिस्थितीले मानिसलाई कहिले सकारात्मक त कहिले नकारात्मक बनाउछ भन्ने देखाउन खोजिएको छ । गोपालचन्द्र लामिछाने निर्देशित यस चलचित्रलाई शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका हुन् ।

एनबी महर्जनको निर्देशन रहेको चलचित्र ‘हिरोज’ ले बेरोजगारीको पीडा, महिला हिंसा, राजनैतिक विकृति, अन्याय विरुद्धको आवाज र प्रेमकथा प्रस्तुत गरेको छ । चलचित्रमा करिश्मा मानन्धर, जयकिसन बस्नेत, पुर्णिमा लामा, मुकेश ढकाललगायतका कलाकारले अभिनय गरेका छन् । यो चलचित्र अभिनेत्री पुर्णिमा लामाले निर्माण गरेकी हुन् ।

यस्तै, यी दुई चलचित्रसँगै एकसाथ प्रदर्शनमा आएको खुस बहादुर गुरुङ निर्देशित चलचित्र ‘मनाङ्गे नानी’ मा भिम गुरुङ, शान्ती गुरुङ, कुशल गुरुङ, रिया गुरुङ, जेनिशा गुरुङ, खुसी गुरुङलगायतका कलाकारहरुको मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu