‘क्याप्टेन’ दृश्य लिक, यस्तो छ अनमोलको टीम



युवा स्टार अनमोल केसीको प्रमुख अभिनय गरेको चलचित्र ‘क्याप्टेन’को फोटो लिक भएको छ । लिक्ड फोटोमा अनमोलको टीम देखिएका छन् ।

फोटोमा अनमोलको साथमा प्रशान्त ताम्राकार, विल्सन बिक्रम राइ लगाएतका कलाकार छन् । प्रशान्त अनमोलको टीमको कोच रहेको बताइएको छ  । फिल्मकै लागि प्रशान्तले आफ्नो लुक्स चेन्ज गरेका छन् भने अनमोल पनि केहि फेरिएको देखिएका छन् । सामाजिक सञ्जालमा देखिएको तस्वीरमा अनमोल खेलाडी लुक्समा देखिएका छन् ।

विशेषगरी पुर्वका विभिन्न खेलमा क्याप्टेन छायांकन भैरहेको छ । होम प्रोडक्सनमा निर्माण भईरहेको फिल्म ‘क्याप्टेन’मा अनमोल खेलाडीको भूमिकामा छन् । फिल्मको लागि खेलको केहो दृश्य छायांकन गर्नु पर्ने भएकोले यतिबेला निर्माण टीम पुर्वमा भईरहेको खेलको दृश्यलाई कैद गरिरहेको छ ।

फुटवलरको विषयमा निर्माण हुने फिल्म ‘क्याप्टेन’मा अनमोल र प्रशान्तसँगै सरोज खनाल, सुनिल थापा, उपासना सिंह ठकुरी र प्रियंका एमबीको अभिनय रहनेछ । भुवन केसीको निर्माण रहेको छ भने यसलाई दिवाकर भट्टराईले निर्देशन गरिरहेका छन् । सामिप्यराज तिमिल्सेनाको लेख्न रहेको चलचित्रमा द्वन्द चन्द्र पन्तको छ । निर्माण टिमको अनुसार फिल्मलाई दर्शकले दसैँ अगाडी नै हेर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu