सत्य घटनामा आधारित ‘१२ नेपाली एक चिहान’को फर्स्ट लूक सार्वजनिक



श्यामसुन्दर गिरी, ठूलोपर्दा डटकम, काठमाण्डौ।
बेरोजगारीको पिडाले पिल्सिएका युवाहरु जो सुनौलो सपना बोकेर कालो मन र पैसाका लागि जे पनि गर्न सकेन मेन पावर दलालको पन्जामा परे, जसका कारण निर्दोष नेपाली आमाका निर्दोष १२ जना छोराहरुको विभर्त्स तरिकाले हत्या गरियो । २०६१ साल भाद्र १६ गतेको दिन सम्झँदा पनि कहालीलाग्दो छ तर ति निर्दोष युवाहरुको मनले शान्ती पाएको छैन । दोषीलाई न त उचित कारबाहीनै गर्न सकेको छ न त इराकमा रहेका नेपाली अहिले पनि सुरक्षित छन् ।

यही वास्तविक घटनाहरुलाई पर्दा मार्फत प्रस्तुत गर्ने तयारी गरेको चलचित्र १२ नेपाली एक चिहानले चलचित्रको फर्स्ट लूक र ट्रेलर सार्वजनिक गरेको छ । घटना भएको नौ बर्षपछि बनेको चलचित्रको फर्स्ट लूक सार्वजनिक कार्यक्रममा चलचित्रका निर्देशक अरुण प्रधान, बरिस्ठ निर्देशक लक्ष्मीनाथ शर्मा, निर्माता संघका अध्यक्ष राजकुमार राई र माई ईन्भेष्टमेन्ट ग्रुपका प्रमुख अनिल गजमेरले संयुक्त रुपमा चलचित्रको पोष्टर सार्वजनिक गरेका थिए ।

कार्यक्रममा बोल्दै निर्देशक प्रधानले भने ‘हामी घटनाको वास्तविकतामा पुग्ने कोसिश गरेका छौं । यसले इराक घटनाको दस्तावेजलाई सुरक्षित राख्नेछ ।’ त्यस्तै चलचित्रका मख्य पात्र राजन खतिवडा, उत्तम जंग लिम्बु, रविन्द्र झाले इराकमा नेपालीले पाएको कष्टलाई अनुभव गर्ने मौका पाएको भनाई प्रस्तुत गरे ।

कार्यक्रममा हत्या गरिएका परिवारका सदस्यसँग गरिएको कुराकानीको केही अंश भिडियो पनि देखाइएको थियो । कार्यक्रममा गायक शिव परियारले चलचित्रमा समावेश गरिएको गीत समेत गाएका थिए । परिवारले सत्य घटनामा आधारित फिल्ममा स्वर दिन पाउदा खुशी लागेको बताए । चलचित्रलाई सुरुमा विदेशी मुलुकमा प्रदर्शन गरिने तयारी गरेको निर्मात्री संगिता प्रधानले बताएकी छिन ।

सो चलचित्रमा राजन खतिवडा, जतिन ताम्राकार, रविन्द्र झा, विक्रम सिंह, उत्तम जंग लिम्बु, राम भजन कामत, सुशील थापा मगर, घनश्याम मिश्र, निरञ्जन मेहता, सोनु जयन्ति लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रका कलाकारहरु बिभिन्न थियटरका हुन् ।

सो अवसरमा निर्देशक अरुण प्रधानले मारिएका उक्त १२ युवाहरुको नाममा अक्षय कोष खडा गरी चलचित्रले गर्ने व्यापारको दश प्रतिशत उक्त कोषमा जम्मा गर्ने घोषणा गरेका छन् । कोषमा जम्मा हुने रकम पीडित परिवारलाई उपलब्ध गराइने निर्देशक प्रधानले बताएका छन् । साथै एउटा राम्रो कामको सुरुवात भएको भन्दै माई ईन्भेष्टमेन्ट ग्रुपका प्रमुख अनिल गजमेरले अक्षय कोषमा जम्मा भएको रकमको दश प्रतिशत आफुले सहयोग गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu